राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुने


काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ। निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ बर्षे कार्यकाल फागुन २९ मा सकिने भएपछि नयां राष्ट्रपति चयनका लागि निर्वाचनको मिति घोषणा गरिएको हो। आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुने भएको छ।

सत्तारुढ दलहरुको बिचमा पनि राष्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा सहमती हुन सकरिहेको छैन् । राष्ट्रपति चयनमा राष्ट्रिय सहमतीअनुसार जानुपर्ने माओवादी केन्द्रले भनिरहेको भएपनि त्यसमा अन्य दलहरु सहमत हुन सकेका छ्रैनन्् । काँग्रेस र एमालेले राष्ट्रपतिमा आ आफ्नै दावी गरिरहेका छन् ।

अबको राष्ट्रपतिमा राज्यबाट पछि पारिएका दलित, सिमान्तकृत समुदायबाट चयन गरिनुपर्ने जनस्तरबाट आवाज उठिरहेको छ ।
अहिलेसम्म राष्ट्रिपति र उपराष्ट्रपतिमा मधेस, महिला, जनजाती समुदायबाट प्रतिनिधित्व भइसकेकाले अब दलित तथा सिमान्तकृत समुदायबाट प्रतिनिधित्वहुनपर्ने आवाज उठिरहेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार