अष्ट्रेलियामा वृद्धामाथि कुटपिट गरेको आरोपमा नेपाली नर्स पाण्डे पक्राउ


काठमाडौं । अष्ट्रेलियामा वृद्धामाथि कुटपिट गरेको आरोपमा एक नेपाली नर्स पक्राउ परेकी छन् । अष्ट्रेलियाको इपिङ शहरको एउटा वृद्धवृद्धा हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि पाण्डे केही दिनअघि पक्राउ परेकी हुन् । पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धासमेत छिन्। पाण्डेमाथिको उजुरीबारे मार्च महिनामा सजाय सुनाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार