आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीलाई समाजवादीको आग्रह


काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको हो । आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारणलाई बाँच्न निकेकठिन भइरहेको भन्दे उसले प्रधानमन्त्रीको गम्भिर ध्यानाकर्षण गराएको छ ।

आर्थिक संकटकै कारण दैनिकजसो आत्महत्याको घटनाहरु बढिरहेको समाजवादीको ठहर छ । देशका चुलिदै गएको देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरियोस भन्दै ज्ञापन पत्र माआर्फत आग्रह गरेको छ ।

देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन पनियसले आग्रह गरेको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपालको हस्ताक्षरीत ज्ञापन पत्रमा जनताका समसामहिक मुद्धाहरु समेटिएका छन् । ज्ञापन पत्र बुझाउने टोलीमा अध्यक्ष नेपाल, नेता झलनाथ खनाल, घनश्याम भुसाल लगायतका थिए ।
ज्ञापन पत्र पढ्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार