रवि लामिछानेले भने, म अभिमन्यु होइन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफु अभिमन्यु नभएको बताएका छन् । सामाजिक सन्जालमा स्टाटस लेख्दै लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको समेत बताएका छन् ।

उनले आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न भनेका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार