निर्वाचन आयोगले सरकारलाई ३ अर्ब फिर्ता गर्दै


काठमाडौँ । निर्वाचन आयोगले सरकारलाई ३ अर्ब रुपैंया फिर्ता गर्दै छ । निर्वाचन खर्चका लागि छुट्इएको बजेटबाट उर्बेको ३ अर्ब रूपैयाँ सरकारलाई फिर्ता गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका हुन् ।

आज आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आयोगले २०७४ सालको चुनावमा भन्दा निकै मितब्ययी भएर खर्च गरेको समेत दावी गरे ।

उनले चुनावका लागि सरकारसँग १० अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेर मागेकोमा अब हुने राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सकेर सरकारलाई ३ अर्ब रूपैयाँ फिर्ता गर्ने तयारीमा रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार