
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।
पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत आजदेखि सरकार छोडेको घोषणा गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी (डोलप्रसाद) अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रचण्डलाई राजीनामा दिएका हुन् ।
आज साँझ सम्पन्न रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको सर्मथन यथावत राख्दै आफ्ना मन्त्रिहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
नागरिकता पुन प्राप्तिपछि गृहमन्त्रालय दिनुपर्ने अडानमा रहेका रविले उक्त पद नपाएपछि सरकारबाट हटेका हुन् । सभापति रविको नागरिकता र पासपोर्ट विवादको अदालतबाट पुर्ण छिनोफानो नभएकाले गृहमन्त्री जस्तो संवेदनशिल पद दिन नमिल्ने भन्दै प्रधानमन्त्रीले जवाफ दिएका थिए ।
भिडियो पनि हेरौं










