राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी अर्याल निर्विरोध निर्वाचित


काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।
अरु कसैले उम्मेदवारी नदिएपछि अर्याललाई निर्विरोध निर्वाचित गरिएकोहो । आजको राष्ट्रिय सभाको बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।

यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल सकिएपछि नयां उपाध्यक्षमा अर्याललाई चयन गरिएको हो । उनलाई सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएको थियो भने विपक्षी काँग्रेसले पनि सर्मथन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार