झापा। झापाका किसानहरुले सडकमा कुखुरा र अण्डा फालेर विरोध प्रर्दशन गरेका छन् । जिल्लाको बिर्तामोडको मुक्ति चोकमा किसानहरुले उचित मुल्य नपाएको भन्दै सडकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका हुन्। दुख गरेर उत्पादन गरेका कुखुरा र अण्डाले उचित मुल्य र बजार नपाएकाले आन्दोलनमा उत्रिनु परेको उनिहरुको भनाई छ । आफ्ना उत्पादनहरुको बजारीकरणमा सरकारले ध्यान नदिएको उनिहरुको आरोप छ ।
आफुबाट ब्यापारीले ८ रुपैयाँमा किनेको अण्डा उपभोक्तालाई १५ रुपैयाँमा बेच्ने गरेको आन्दोलित किसानहरुको भनाई ।
बढ्दो ब्याज, महँगी र त्यसैमा आफ्ना उत्पादनहरुले राम्रो बजार नपाउनुले आफ्नो ब्यवसाय नै संकटमा परेकाले सरकारको गम्भिर ध्यानन जानुपर्ने उनिहरुको माग छ ।