
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । आज बिहान भएको भेटवार्ताका आसन्न राष्ट्रपतिको निर्वाचनमा बिषयमा छलफल गर्न भोली उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट गएका थिए । उक्त भेटवार्तामा भोली संयन्त्रको बैठक बोलाउने र सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गरिने सहमती भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा सत्ता गठबन्धनमा सहमती हुने सकेको छैन् ।
ओलीले राष्ट्रपति एमालेबाट हुनपर्ने बताइरहेका छन् भने प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत देखिएका छैनन् । प्रचण्डले संसदमा विश्वासको मत माग्दा सरकार बाहिर रहेको काँग्रेसले पनि मत दिएकाले प्रचण्ड र काँग्रेसबीच राष्ट्रिपतिमा सहमती भएको हुन सक्ने चर्चा पनि छ ।










