काठमाडौं । नेकपा माओवादी केन्द्र आफ्नो पदाधिकारी चयन गरेको छ । पार्टीको सम्पन्न स्थायी कमिटी बैठकले उपाध्यक्षमा अग्निप्रसाद सापकोटा र पम्फा भुसाललाई चयन गरेको हो । पूर्व उर्जामन्त्री रहेकी भुसाल पार्टीमा यसअघि उपमहासचिव दिइन् भने पूर्वसभामुख सापकोटा कार्यकाल सकिएसँगै पार्टीको जिम्मेवारीमा फर्किएका छन्।
यसैगरी बैठकले सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यलाई चयन गरेको छ भने कोषाध्यक्षमा श्रीराम ढकाललाई जिम्मेवारी दिइएको छ ।
माओवादीले यसअघि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको थियो। त्यस्तै उपमहासचिवमा पम्फासँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेतलाई चयन गरेको थियो ।