मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडान यथावत, रावल पदमुक्त हुन सक्ने


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने अडान यथावत राखेको छ । आफ्ना मागहरुबारे प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेका कारण मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान यथावत राखेको हो ।

आफ्ना मागहरु संवोधन नभएसम्म मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने पार्टीको अडानमा रहेको कारगारमा पार्टी संस्थापक रेशम चौधरीसंग केहिबेरअघि छलफल गरेर फर्किएका पार्टी सदस्य लाक्पा तामाङले अनमोलपोस्टलाई जानकारी दिए ।
रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । नागरिक उन्मुक्तिले विश्वासको मत नदिने मुख्इमन्त्री रावल पदमुक्त हुनेछन् ।

त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनेछ । विश्वासको मत लिनका लागि अहिले दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार