एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने माओवादी केन्द्रको निर्णय


काठमाडौं । नेकपा माओवादी केन्द्रले एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने निर्णय गरेको छ । माओवादी केन्द्रको यही माघ १२ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बसेको स्थायी समिति बैठकले एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको यो निर्णय केन्द्रदेखि वडातहसम्मै लागू गर्ने पार्टी कार्यालय सचिव श्रीराम खनालले बताएका छन् । केन्द्रमा पनि विभिन्न विभागहरुमा जिम्मेवारी तोक्न बाँकी रहेकाले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अनुसार नै तोक्ने, प्रदेश, जिल्ला, स्थानीय तहमा पनि यही नीति लागू हुने पार्टी कार्यालयका सचिव खनालले बताए ।

प्रदेश समन्वय समितिको बैठक राखी सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यसहित सबै कमरेडहरुको जिम्मेवारी तोक्दा एक पद एक कार्यकारी जिम्मेवारीको नीति अनुसार जिम्मेवारी तोक्ने पार्टीले पठाएको सर्कुलरमा उल्लेख छ ।

त्यस्तै माओवादी केन्द्रले पार्टीको प्रदेश समन्वय समितिको बैठक फागुन ५ गतेसम्म सक्ने गरी समयसमेत तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार