
कैलाली। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा बुझाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा रावलले विश्वासको मत नपाएपछि उनले प्रदेश प्रमुख देवराज जोशीलाई पदबाट राजीनामा बुझाएका हुन् ।
रावलले बैठकमा आफुलाई विश्वासकोमत मागेपनि त्यो अस्वीकृत भएपछि उनि पद मुक्त भएका थिए । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने आज अन्तिम दिन थियो ।
रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्श थालेका छन् ।











