
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि १ हजार ५६ रिक्त शिक्षक पदमा विज्ञापन खुलाएको छ। आयोगले आज खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुला गरेको हो।
जसअनुसार आयोगले नेपाली विषयको लागि ६५, अंग्रेजी विषयको लागि ११६, गणित विषयको लागि १४४, विज्ञान विषयको लागि २८२ रिक्त पदमा देशभरबाट आवेदन दिन सकिने गरी विज्ञापन खुला गरेको छ ।
विज्ञापनअनुसार सामाजिक विषयमा ८९, गणितरविज्ञानमा ३५१, शुक्लयजुर्वेद विषयका लागि १, संस्कृत व्याकरणको लागि ३, संस्कृत भाषाका लागि ४ र संस्कृत कर्मकाण्ड विषयका लागि १ जना रिक्त दरबन्दीमा शिक्षक माग गरेको छ।
इच्छुक उम्मेदवारले फागुन २८ गतेसम्म नियमित दस्तुरमा र चैत ५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिने आयोगले जनाएको छ। परीक्षा २०८० साल बैशाख ९ गते सञ्चालन हुनेछ । उम्मेदवारले देशैभरीबाट अनलाइनमार्फत https://online.tsc.gov.np/ पनि आवेदन दिन सक्नेछन् ।
विज्ञापनबारे विस्तरित जानकारीका लागि यो लिँक https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=283&fn=nimabi%20bigyapan%202079-10-27.pdf क्लिक गरेर गर्नुहोस ।










