
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्रमा देखिएका समस्याको समाधान जरुरी रहेको बताएकी छन् । संघीय संसदमा जारि संयुक्त बैठकमा विशेष संवोधन गर्दै राष्ट्रपति भण्डारीले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न जरुरी रहेको बताएकी हुन् ।
‘देशको अर्थतन्त्रमा देखिएका तत्कालिन, अल्पकालिन र दिर्घकालिन समस्याको समाधान खोज्नु जरुरी छ’, उनले भनिन् ।
देशको आर्थिक अवस्था जटिल कोणमा रहेको बिषयप्रति सबै जानकार रहेको समेत उनले बताइन् । अर्थतन्त्रका सूचकहरुमा पछिल्लो समय केहि सकारात्मक संकेत देखिएको बताउँदै राष्ट्रपति भण्डारीले यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नरहेको बताइन् ।
अर्थतन्त्रमा मौद्रिक तरलताको समस्या, लगानीका लागि एथेष्टको स्रोतको अभाव र बाह्य कारणले गर्दा उत्पादन क्षेत्र मजवुद हुन सकेको उनको भनाई छ । महामारीका कारण विश्वप्यापी महँगी बढ्दा देशका उद्योग, ब्यवसायमाथि नराम्रो असर परेको उनले बताइन् ।










