‘संविधान कार्यान्वयनका सात वर्षले संघीय लोकतन्त्रको आधार स्तम्भ संस्थागत भयो’


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका सात वर्षले संघीय लोकतन्त्रको आधार स्तम्भ संस्थागत भएको बताएकी छन् । संविधान कार्यान्वयनका सात वर्षमा राजनीतिक स्थायित्व कायम भएको समेत उनले बताइन्। संघीय संसदको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनका सात वर्षले संघीय लोकतन्त्रको आधार स्तम्भ संस्थागत भएको बताएकी हुन् ।
उनले संविधानको कार्यान्वयनका लागि सात वर्षको अभ्यास निकै महत्त्वपूर्ण भएको समेत बताइन्।

‘संविधान कार्यान्वयनमा सात वर्षको अभ्यासमा निकै महत्त्वपूर्ण छ । संघीय लोकतन्त्रको आधार स्तम्भ संस्थागत भएका छन् ।
संविधान कार्यान्वयन, शासन व्यवस्था सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढीकरणका लागि हामीले अबलम्बन गरेको नीति, निर्माण गरिएको कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ,’ भण्डारीले भनिन् ।

देशको राजनीतिले गति र लय समातिसकेकाले अब सबैको ध्यान विकास, समृद्धि र जनतालाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमाजोड दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार