
काठमाडौं । राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरमाथि लाठीप्रहार गरेको छ । आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न वानेश्वरस्थित संसद भवनतर्फ आउँदै गर्दा सडकहरु खाली गरिएको थियो । सोहि समयमा वीरबाट डा। जनित सिंह ट्रमा सेन्टरमा जान खोज्दा प्रहरीले उनिमाथि लाठ्ठीचार्ज गर्दा उनि घाइते भएका छन् । लाठीचार्जबाट डा. सिंहकमो टाउकोमा चोट लागेको ट्रमा सेन्टरका चिकित्सकहरुले बताएका छन् ।
घटनाको विरोधमा उत्रिएका चिकित्सक र प्रहरीबीच केहिबेर ट्रमा सेन्टर अगाडी सडकमा झडप समेत भएको छ ।
घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित समेत भएका छन् । उनिहरुले विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका अत्याआवश्यक सेवा वाहके अन्य बन्द गरेर आन्दोलन थालेका छन् । घटनामा संलग्न प्रहरीले माफी माग्नुपर्ने चिकित्सकहरुको माग रहेको ट्रमा सेन्टरका प्रशासन शाखा प्रमुख नवराज गौतमले बताए ।
राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले सेवा दिन गइरहेका डाक्टरमाथि लाठीप्रहार गरेको घटनाप्रति सामाजिक संजालमा आलोचना भइरहेकोछ ।
भिआइपी सवारीका नामका सडकहरु खाली गरेर सर्वसाधारणको आवातजावतमा वाधा तुल्याउने कार्य रोकिनु पर्ने आवाज पनि चर्को रुपमा उठ्दै आएकोछ । गणतन्त्र आइसक्दा पनि राजा माहाराजाकै शैलीमा भिआईपी सवारीका नाममा जनतालाई दुख दिनु सोभनिय नहुने धेरैको भनाई छ ।










