
काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले आफ्नो अधिकार प्राप्तिका लागि उत्पीडितहरू नै अग्रसर हुनुपर्ने बताएका छन्। आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो अधिकारका लागि उत्पीडितहरु नै अग्रसर हुनु पर्ने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले उत्पीडितहरुको अधिकार र आत्मसम्मानका लागि हिजो बलिदानी गरेको धेरै अधिकारप्राप्तभएपनि त्यो प्रयाप्त नभएकाले पुर्णअधिकारका लागि फेरि एकजुट भएर संघर्ष गर्नु पर्ने बताए । परिवर्तनविरोधी शक्तिहरू जनताका अधिकार कुण्ठित गर्न लागिरहेको बताउँदै उनले त्यसलाई परास्त गर्न सबै परिर्बतनकारीहरु जुट्नु पर्नेमा जोड दिए ।
जनयुद्ध र जनआन्दोलनमा दलित समुदायको महत्वपुर्ण योगदान रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले उत्पीडितहरुको अधिकार, आत्मसम्मान र विकासका लागि आफ्नो नेतृत्वको बर्तमान सरकारले बिशेष ध्यान दिनेसमेत बताए ।
माओवादी जनयुद्धपछि शान्तिप्रक्रियामा आएसंगै माओवादी विचार र संस्कृतिमा स्खलन आएको स्विकार्दै उनले हिजोका क्रान्तिकारी निर्णय र संस्कारबाट आफुहरु पछाडि फर्केजस्तो अनुभूति भएको बताए । हिजोका आफ्ना प्रगतिशील संस्कारहरू मिचिएकाले सामन्ती पितृसत्तात्मक सोच ब्यूँतिन खोजेको उनको भनाईछ ।
कार्यक्रमा बोल्द्र अध्यक्ष प्रचण्डले माओवादी पार्टीलाई फेरि क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा लैजाने योजनासहित अघि बढ्न सबैले संकल्प गर्नुपर्ने बताए ।
आफ्नो नेतृत्वमा पार्टी सरकारमा जाँदा यसले अवसर र चुनौती दुबै खडा गरेको उनको भनाई छ । देशर जनताको हितका लागि आफुलाई काम गर्ने अवसर मिलेकाले यसको भरपुर सदुपयोग गर्नमा आफ्नो ध्यान रहेको उनले बताए । सरकार संचालनको अवसरलाई सहि सदुपयोग गर्दै अघि बढेमा आगामी निर्वाचन माओवादी फेरि शक्तिशाली भएर आउँने अध्यक्ष प्रचण्डलेविश्वास ब्यक्त गरे।
प्रचण्डले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको समेत बताए। संसदमा आफुले पाएको करिब शतप्रतिशत विश्वासको मतले नेपाली राजनीतिमा अभूतपूर्व इतिहास रचेको उनकोभनाई थियो । आफुले संसदमा पाएको विश्वासबाट सबैलाई समेटेर लैजान सक्ने खुबी माओवादीसंग रहेको प्रष्ट हुने उनको दावी थियो ।










