
काठमाडौं । आन्दोलित यातायात मजदुरलाई सरकारले वार्तामा बोलाएको छ। विभिन्न मागहरु राख्दै आज यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा चर्को आन्दोलन गरेपछि सरकारले वार्तामार्फत समस्या समाधान गर्न आह्वान गरेको हो ।
सरकारले मजदुरका सबै आन्दोलनका कार्यक्रम स्थगित गरेर भोली विहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आह्वान गरेको छ ।
आन्दोलनले थप समस्या निमत्याउने भएकाले सार्वजनिक यातायात सेवा बन्द नगरी वार्तामार्फत समाधन खोज्न सरकारले अपील समेत गरेको छ ।










