सांसद भण्डारीकी आमाको निधन


काठमाडौं । सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी भण्डारीको उपचारका क्रममा बिहीबार विहान निधन भएको हो ।

बुधबार राति बुद्धनगरस्थित निवासमा ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए । घाइते दुबै जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा आमा हरिकलाको निधन भएको छ भने सांसद चन्द्र भण्डालाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार