गंगबुको ल्होत्से मल लुटपाटमा संलग्न थप १५ जना पक्राउ


काठमाडौं । गंगबुको ल्होत्से मल लुटपाटमा संलग्न थप १५ जना पक्राउ परेका छन् । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका मध्ये थप १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सिसि क्यामराको भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेको बताएको छ । पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन् । पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि रहेको बताइएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएका थिए । आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मोका छोपेर उनीहरुले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार