
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि भाटरबाटै घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आयल निगमलाई इन्धनको घटेको मूल्यसूची पठाएको छ। आईओसीले फेब्रुअरी १६ मा पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको हो।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर तीन रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीन(तीन रुपियाँ मूल्य बढाएको थियो।










