सैनिकमञ्च टुँडिखेलमा ७३औं प्रजातन्त्र दिवस मनाइयो


काठमाडौं। आज ७३ औं प्रजातन्त्र दिवस मनाइएको छ। सैनिकमञ्च टुँडिखेलमा एक विशेष समारोह आयोजना गरी ७३ औं प्रजातन्त्र दिवस भव्य रुपमा मनाइएको हो । २००७ साल फागुन ७ गते आजकै दिन १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएकाले त्यसको सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
जहानियाँ राणा शासनमा जनतालाई सामान्य मानवअधिकार समेत दिइएको थिएन् । त्यही जहानियाँ शासनविरुद्ध जनताले बिद्रोह गरेपछि प्रजातन्त्र स्थापना भएको थियो ।

दिवसको अवसरमा टुँडिखेलमा आयोजितमा विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारी, पुर्वप्रधानमन्त्री, मन्बीलगायतको सहभागिता थियो ।

समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ ब्यानर अंकित हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपासका साथै राष्ट्रिय गीतका धून र ब्याण्ड प्रस्तुत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार