एमालेले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार घोषणा गर्दै


विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले फागुन १३ गते राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपति पदको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताएका हुन्।

निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ताको समय तोकेको छ ।
सत्ता गठबन्धनमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने बिषयमा विबाद भइरहेका बेला अध्यक्ष ओलीले एमालेबाटै उम्मेदवार बन्ने दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा साझा सहमती खोज्ने बताउँदै आएका छन् । संचारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी समेत गरेका छन् । उनले सत्ता गठबन्धन जन्मँदै राष्ट्रपति एमालेबाट हुने भनेर लेखिएको पनि बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार