विश्वकप लिग–२ मा नेपालको स्कटल्यान्डमाथि सनसनीपूर्ण जित, प्रधानमन्त्रीको बधाई


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले स्कटल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको छ । कृतिपुर क्रिकेट मैदानमा भएको आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण जित निकालेको हो । जितका लागि स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा पूरा गर्‍यो।

लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जितेर सिरिज क्लिन स्वीप गरेको छ। प्रतियोगितामा नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पार्यो । आजको खेलमा कप्तान रोहित र करण केसीले नवौं विकेटमा अविजित ७५ रनको साझेदारी गर्दै नेपाललाई विजय गराउन महत्वपुर्ण योगदान गरे ।

लिग च्याम्पियन भइसकेको स्कटल्याण्डमाथि नेपालको शानदार जितले नेपाली क्रिकेट जगत उत्साहित भएको छ ।
सिरिज जितेकोमा नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले बधाईसहित शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार