सीके राउतले गरे “जनमत पार्टी” घोषणा (विज्ञप्तीसहित)

सिराहा । केहि दिन अघिमात्रै सरकारसंग ११ बुँदे सम्झौता गरेका सीके राउतले अन्ततः राजनितीक पार्टी घोषणा गरेका छन् ।
मधेसमा केहि बर्षदेखि स्वतन्त्र मधेश गठबन्धनको नाममा बिखण्डकारी गतिविधी गरिरहेका सीके राउतसंग सरकारले सम्झौता गरेपछि उनि राष्ट्रिय राजनितीमा आएका हुन ।

सोमबार सिरहामा सम्पन्न दुई दिने केन्द्रीय भेलाले सीके राउतको अध्यक्षतामा ३५ सदस्यि केन्द्रीय कार्यकारिणी समिति चयन गर्दै नयां पार्टी घोषणा गरेको हो । पार्टी घोषणासंगै सीके राउतले स्वतन्त्र मधेस र जनमत संग्रहको मागसमेत छोडेको छ ।

जनमत पार्टीको केन्द्रीय सदस्यहरुको नामावली यस्तो छः
सप्तरीबाट सुरेन्द्र शर्मा र वविता इसर,
महोत्तरीबाट कैलाश महतो, संजय यादव र चन्दन सिंह,
सिरहाबाट राजकुमार यादव र सतिला यादव,
बर्दियाबाट अब्दुल खान,
झापाबाट कौशिला महतो,

मोरंगबाट परमेश्वर मुर्मु,
सुनसरीबाट सीताराम पण्डित,
धनुषाबाट इन्द्रजीत यादव,
सर्लाहीबाट नरेश कुसवाहा,
रौतहटबाट बिरेन्द्र साह,
बाराबाट दिनेश यादव,
पर्साबाट सञ्जय साह,
नवलपरासीबाट ध्रुब गौड र दुर्गा चौहान,
रुपन्देहीबाट भोपेन्द्र यादव,
कपिवस्तुबाट हरिकुला खान र दांगका राधा यादव,
बाँकेबाट इरफान अहम शेख,
कैलालीबाट महेन्द्रप्रसाद चौधरी
र सुनसरीका आशा मेहता रहेका छन् ।

बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित, जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले अध्यक्ष सीके राउतलाई जिम्मेबारी दिएको छ।

सम्पन्न दुई दिने भेलाले केहि महत्वपुर्ण निर्णयहरु समेत गरेको छ । संरकारसंग भएको ११ बुँदे सहमतीलाई एैतिहासिक उप्लब्धी भन्दै स्वागत गरेको छ । साथै उसले आफ्नो पार्टी झण्डा लगायत अन्य निर्णयहरु विज्ञप्तीमार्फत सार्वजनिक गरेको छ ।
विज्ञप्तीको पुर्ण पाठ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार