भोलिदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन सेवा सुरु हुँदै


काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले भोलिदेखि आफ्नो रात्रिकालीन सेवा सुरु गर्न थालेको छ। संचालनमा आएदेखि बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सेवा दिँदै आएको विमानस्थलले अब रात्रिकालीन सेवा दिन लागेको हो। विमानस्थल भोलिदेखि १८ घण्टा सञ्चालन गर्न लागिएको विमानस्थल प्रमुख विक्रम गौतमले बताएका छन्। पुस १७ गतेदेखि संचालनमा आएको थियो ।

प्रमुख गौतमका अनुसार भोलि बिहान ६ बजेदेखि राती १२ बजेसम्म विमानस्थल संचालनमा आउँनेछ ।

विमानस्थलमा उपकरणको सहायताले विमान उडान तथा अवतरण गराउने इन्स्ट्रमेन्ट फ्लाइट रुल्स ९आइएफआर० प्रणाली जडान गरिएको र सोही प्रणालीले रात्रिकालीन उडान भर्ने विमानलाई उडान तथा अवतरण गर्न निर्देश गर्ने प्रमुख गौतमले बताए।

आइएफआर प्रणाली लागू भएसँगै अब पोखरामा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि संचालन गर्न सकिने उनको भनाई छ। यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ उडानहरु अवरूद्ध हुँदै आएका थिए ।

पोखरा विमानस्थलले रात्रिकालीन सेवा दिने भएपछि बुद्ध एयरले रात्रिकालीन उडानको तयारी गरेको छ। बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताएअनुसार बुद्ध एयर पोखरा–काठमाडौं र काठमाडौं–पोखरा रात्रिकालीन उडानको तयारी गरिरहेको छ । बुद्ध एयरले फागुन २५ गतेदेखि पोखराबाट राती ८ बजे काठमाडौं उडान भर्ने तयारी गरिरहेको प्रवक्ता कर्णले बताए ।

भिडियो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार