
काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कलंकी चक्रपथ सडकखण्डको निरीक्षण गरेका छन् । सडकखण्ड विस्तार कार्यलाई प्रभावकारी बनाउन उहाँहरुको टोलीले निरीक्षण गरेको हो ।
उक्त सडकखण्ड केही समयदेखि विस्तारको काम सुरू गरे पनि केही ठाउँमा काम अघि बढ्न सकिरहेको छैन। घरटहरा र बिजुलीका पोललगायत नहटाउँदा सडक विस्तार हुन सकेको छैन।
यो सडकखण्ड विस्तार कार्य छिटो गर्न मन्त्री श्रेष्ठसहितले पहल गरेका हुन्। श्रेष्ठको पहलमा काठमाडौंका मेयर शाह, चीनका राजदूत छन सोङ, भौतिक मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत निरीक्षण टोलीमा सहभागि थिए ।










