माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्ने भएको छ । दिउँसो ३ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रपति पदको उम्मेदवारका बिषयमा तिनै दलका शिर्ष नेताहरुबीच छलफल हुने बताइएको छ ।

यसअघि आजै बिहान प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सिंहदरवारमा छलफल भएको थियो । सिंहदरबारमा भएको छलफलमा अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउनुपर्ने बिषयमा छलफल भएको थियो । उक्त बिषयमा थप छलफल गर्न प्रधानमन्त्री प्रचण्ड, जसपाबाट उपेन्द्र यादव, समाजवादीबाट नेपाल लगायतका नेताहरुबीच बैठक बस्न लागेको हो ।

तीन दलको बैठक सकिएपछि आजै साँझ ५ बजे काँग्रेससंग छलफल गर्ने तयारी छ । फागुन २५ गते हुने राष्ट्रपति चिर्वाचनका लागि १३ गते उम्मेदवारी दिने मिति तोकिएको छ । राष्ट्रपतिका बिषयमा सत्ता गठबन्धनमा कुरा नमिल्दा गठन्धन नै संकटमा परेको छ ।

आज बिहान प्रचण्ड र नेपालबीच भएको छलफलमा पुरानै पाँ दलीय गठबन्धन ब्युँताउने बिषयमा समेत छलफल भएको छ ।
एमाले अध्यक्ष केपी ओलीले नेता नेपाललाई राष्ट्रपतिमा अघि सारेपछि सत्ता गठबन्धन अलमलमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार