अभिनेता पल शाह रिहा, कारागार बाहिर समर्थकको घुँइचो

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । हिजो उच्च अदालत पोखराको फैसलाअनुसार उनी आज भर्खर तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । एक नाबालिग गायिका बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए ।

ति नाबालिका गायिकाले अभिनेता शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार