सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर, अब क्रिकेट खेल्न विदेश जान पाउने


काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशलाई सदर गरेको छ । आज सर्वोच्चवमा भएको सुनुवाईमा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई उच्च अदालत पाटनले पुस २८ गते २० लाख धरौटीमा छाड्न दिएको आदेशलाई सदर गरेको हो । आदेशमा उनलाई अब क्रिकेट खेल्न विदेश जान पनि अनुमति दिएको छ।

नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर सन्दीप उक्त आदेशविरुद्ध उच्च अदालत पाटन गएका थिए । पाटनले पुस २८ गते उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसपछि धरौटी छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालय, सर्वोच्च अदालत गएको थियो भने लामिछानेले क्रिकेट खेल्न विदेश जाने अनमुति माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार