राष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै आठ दलका सांसदहरुलाई अभिमुखीकरण गरिदै

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै आठ दलका सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिदै छ । नेपाली कांग्रेसले आज काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्व्केटमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको हो। अभिमुखीकरणमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण गरिने काँग्रेसका मुख्यसचिव कुष्णप्रसाद पौडेलले बताए ।

दिउँसो १ बजेबाट सुरुहुने अभिमुखीकरण कार्यक्रममा कांग्रेसलगायत नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी ९जसपा०, नेकपा ९एकीकृत समाजवादी०, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू सहभागी हुनेछन् ।

यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने नेकपा ९एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन् । राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरू मतदाता हुन्छन् ।

राष्ट्रपतिमा सहमती हुन नसकेपछि एमालेसहितको पाँच दलीय गठबन्धन टुटेर आठ दलीय नयां गठबन्धन बनेको थियो । राष्ट्रपतिमा एमालेले दावी नछोडेपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमती भन्दै काँग्रेससहितको आठ दलीय गठबन्धन बनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार