काठमाडौं। सरकारले दूधको मूल्य वृद्धि गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्याउने निर्णय गरेको हो।
किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मान्त्रालयबाट प्रस्ताव आएपछि सरकारले दूधमा मृल्यवृद्धि गर्ने निर्णय गरेको हो। दूधको मूल्यवृद्धि भएपछि किसानलाई राहात भएको छ ।
यस अघि गत २७ माघ २०७८ मा तत्कालीलन देउवा सरकारले दूधको मूल्य कम्तीमा ६ देखि १४ रुपैयाँसम्मले वृद्धि गरेको थियो ।
राष्ट्रिय दुग्ध विकास बोर्ड र दुग्ध व्यवसायीहरु मिलेर गत २ फागुनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूधको मूल्य १० रुपैयाँले बढाउन सिफारिस गरेको थियो । दूधको मूल्य बढाउने पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्मा पेश गरेको थियो ।