सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैं, गठबन्धनकै मत पाउन गाह्रो

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठकमा उनले विश्वासको मत माग्ने तयारी गरेका हुन् । संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले शाहले विश्वासको मत लिन लागेका हुन् ।

यसअघि एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि ठुलो दलको हैसियतले माघ २६ गते काँग्रेसका शाह मुख्यमन्त्रीमा नियूक्त भएका थिए ।

रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि उनि पदमुक्त भएका थिए । मुख्यमन्त्री शाहलाई पनि सहजै विश्वासको मत मिल्ने अवस्था छैन् । प्रदेश सभामा निर्णायक शक्तिका रुपमा रहेका माओवादी केन्द्र र नागरिक उन्मुक्तिले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारिसकेका छन् ।

माओवादीले मुख्यमन्त्रीमा आलोपालो र उन्मुक्तिले शक्ति बाँडफाँडमा लिखित सहमती गर्नुपर्ने अडान राखेका छन् । त्यस्तै नेकपा एमालेले पनि शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार