राष्ट्रपति चयनका लागि मतदान चल्दै, शिर्ष नेताले गरे मतदान

काठमाडौं। मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि अहिले चलिरहेको छ। बानेश्वरस्थित संसद भवनमा चलिरहेको मतदानमा उम्मेदवार लगायत शिर्ष नेताहरुले मतदान गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । दुबै उम्मेदवारले मतदान गरिसकेका छन् । निर्वाचनमा सत्ता गठबन्धनबाट प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतले मतदान गरिसकेका छन् ।

बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन अधिकृत महेशराज पौडेलले जनाकारी दिए । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

निर्वाचनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान हुन्। राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका गरी ८ सय ४२ सांसदले गरेको मतदाता छन् ।

राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका गरी ८ सय ४२ सांसदले गरेको मतदानबाट मुलुकले तेस्रो राष्ट्रपति पाउनेछ ।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा। रामवरण यादव निर्वाचित भएका थिए । कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । त्यसपछि दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् । भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज मतदान भइरहेको छ। त्यस्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते तोकेको छ । उपराष्ट्रपतिमा कोे को उम्मेदवार भन्ने बिषयमा दलहरु निर्णयमा पुगिसकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार