चैत्र ३ गते हुने उपराष्ट्रपति चुनावका लागि आज मनोनयन दर्ता, दलहरुलाई उम्मेदवार छनौट गर्न सकस

काठमाडौं । उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत्र ३ गतेका लागि तोकिएको छ। उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै तोकिएको छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशित हुने आयोगले जनाएको छ ।

राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने बिषयमा निर्णय गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ भने नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवारबनाउने निर्णय गरेको छ । एमालेको आज बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार शाक्यलाई बनाउने निर्णय गरेको हो ।

उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी कुल ८ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुनुपर्ने व्यवस्था छ रहेकाले दलहरु थप दवावमा छन् । आयोगले राष्ट्रपति पुरुष र खसआर्य समुदायबाट निवौचित भइसकेकाले उपराष्ट्रपतिको उम्मेदवार पुरुष र खसआर्य समुदायबाट आएमा दर्ता नगर्नेै निर्णय हिजै गरिसकेको छ ।

भिडियो हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार