
काठमाडौं । उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । आज दिउँसो एक बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई नेतृ शाक्यले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
मनोनयन दर्ताको समय बिहान ९ बजेदेखि २ बजेसम्का लागि तोकिएकाले सत्तारुढ गठबन्धन लगायत अन्य दलहरुले उम्मेदवारको टुंगो लगाउन छलफलमा छन् ।
उम्मेदवारी दर्ता गर्न जाँदा साथमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु सहभागी थिए । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। एमालेले राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएकोृ थियो । तर उनि आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग पराजीत भएका थिए ।
राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि ५/५ जना संघीय तथा प्रदेश सांसदहरू प्रस्ताव र समर्थक बस्नुपर्ने कानुनी प्रावधान अनुसार शाक्यको प्रस्तावमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुविर महासेठ र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल,भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन् ।










