जसपाबाट यादवले गराए उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
जसपाको संसदीय दलको नेता समेत रहेका यादवले नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । यादवले सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन्। सत्ता गठबन्धनबाट यादवको उम्मेदवारी सर्वसम्मत हुन सकेपछि अन्यको पनि उम्मेदवारी पर्ने सम्भावना छ ।

जसपाबाटै यादवसंगै प्रमिला यादवले पनि उम्मेदवारी दिने संभावना रहेको बताइन्छ । त्यस्तै सत्ता गठबन्धनमा रहेको जनमत पार्टीबाट ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवार दिने तयारीमा रहेकी छिन् । आयोगले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने समय आज बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म तोकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार