
काठमाडौं । जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी छन्। आज दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर झाले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएको जनमत पार्टीले जनाएको छ ।
सत्तारुढ चार दल ९कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी० बीच उपराष्ट्रपति जसपाले लिने सहमति भए पनि जनमतले त्यसमा असहमती राख्दै झाले उम्मेदवारी दर्ता गराएको हो ।
चैत्र ३ गते हुने उपराष्ट्रपतिको चिर्वाचनका लागि आयोगले उम्मेदवारी दर्ता गर्ने समय आज बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म तोकेको थियो।सो समयअवधीमाआड दलीय गठबन्धनबाट तीन जना र एमालेबाट एकजनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताइसकेको छ ।










