सन्दीप लामिछानेको सर्वाधिक ५ विकेटमा पीएनजीविरुद्ध नेपालको शानदार जित


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । कीर्तिपुरमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ९ विकेटले पराजित गरेर शानदार जित निकालेको हो। पीएनजीले दिएको ९६ रनको लक्ष्य ७।४ ओभरमै पूरा गर्दै नेपालले जित निकाल्यो। नेपालले ७ ओभर ४ बलमा एक विकेट गुमाउँदै एक सय रन बनायो ।

जितमा आशिफ शेखको अर्धशतकिय योगदान रह्यो। शेखले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए। त्यस्तै कुशल भुर्तेल १४ बलमा ३३, कुशल मल्लले १३ बलमा १२ रनको योगदान दिए। त्यस्तै जितका लागि सन्दीप लामिछाने सर्वाधिक ५ विकेट लिए ।

लामिछानेले १० ओभरमा २५ रन खर्चिएर सर्वाधिक ५ विकेट लिएका हुन् । उनि खेलमा प्लेयर अफ द म्याच समेत भए । त्यस्तै नेपालका ललित राजवंशी र कुशल मल्लले पनि जितका लागि २र२ र सोमपाल कामीले १ विकेट लिएर जितका लागि योगदान गरे ।

त्यस्तै खेलमा पीएनजीका तर्फबाट असद भालाले सर्वाधिक २० रन बनाएका थिए भने काड सोपरले एक विकेट लिएका थिए।
पीएनजीकै सेसे बाउले १८, कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्म्यान चलेनन् । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रन बनाएको थियो ।

हिजो भएको यूएईसँगको खेलमा नेपालले १७७ रनको फराकिलो जित निकालेको थियो । उक्त जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गरेको छ । त्यस्तै गत बिहीबार भएको खेलमा नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो । नेपालले अब बिहीबार यूएईसँग खेल्दै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार