
काठमाडौं । चर्चित गायिका ज्योती मगर राप्रपाका सांसद ज्ञानेन्द्र शाहीमाथि खनिएकी छन् । उनले सामाजिकसंजाल फेसबुकमा स्टाटस लेख्दै सांसद शाहीलाई ‘कप यू म्यान’ समेत भनेकी छन् । सांसद शाहीले चुट्की बजाउँदै संचारकर्मी ऋषि धमलालाई ‘नेपाल कसले बनायो जवाफ देउ’ भन्दै गरेको प्रश्नबारे गायिका मगरले कडा प्रतिकृया दिएकी हुन् ।
उनले सांसद शाहीलाई आफु महान बौद्धिक र राष्ट्रवादी ठान्ने भन्दै जनतालाई भ्रमित नर्गन आग्रह पनि गरेकी छन् ।
‘देश राजा ले बनाको रे,फक यू म्यान, देश भनेको भुगोल भित्र पर्ने कुनै निश्चित सिमा भित्र तोकियको एक भाग हो जस्लाइ त्यहा को भौगोलिक परिबेश त्यहा को प्रकृति र त्यहा को सस्कार सस्कृती भाषा र भेष ले निर्धारित गर्दछ अनि बल्ल देश बन्छ देश मा सिस्टम बन्छ र सिस्टम बनाउने प्रणाली लाई राजनीति भन्छन जुन राजनीति लाइ फोहोर बनायर तपाईं हरु सोझा जनता को भावाना माथी खेल्दै हुनुहुन्छ’, गायिका मगरले स्टाटसमा लेखेकी छन् ।
गायिका मगरले सांसद शाहीलाई दुईचार पुस्तक पढेर रास्ट्रवादको खोक्रो नारा लगाएर जनतालाई भ्रमित नर्गन आग्रह गरिन ।
‘२ / ४ वटा किताब पढेर २ / ४ वटा हिस्ट्री पढेको छु भन्दैमा ऋषि धमलालाई चुड्की बजाउदैमा हामी सबैलाई अर्थात नेपाली जनतालाई बेवकुफ बनाउन चै पाइदैन ल ज्ञानेन्द्र बेबि, मलाइ थाहा छ त तपाईंहरु रास्ट्रवादको खोक्रो नारा लगाएर मिडियाको र जनताको अटेन्सन लिने मात्रै हो देश बनाउने त भुत्रो नि हैन’, उनले लेखेकी छन् ।
सांसद शाहीले केहि दिनअघि संचारकर्मी ऋषि धमलासंगको टेलिभिजन अन्तवार्तामा देश राजतन्त्रले बनाएको भन्दै गणतन्त्रको विरोध गरेका थिए । जसको आलोचना भइरहेको छ ।
गायिका मगरको स्टाटस पढौं










