उपराष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसारमा निषेध गरेको छ । निर्वाचन आयोगले यही चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध गरेको हो । आज राति १२ बजेदेखि मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगले जनाएको छ।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था छ ।

यस अवधीमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोगले जनाएको छ । आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जितरहारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न पनि आयोगले अनुरोध गरेको छ।

उपराष्ट्रपति पदमा सत्ता गठबन्धन प्रमिला कुमारी यादव, रमसहाय यादव, ममता झा, र एमालेबाट अष्टलक्ष्मी शाक्य ९बोहरा० गरी ४ जनाको उम्मेदवारी दर्ता भएके थियो । प्रमिलाकुमारीले भने उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार