
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा कसैलाई मत नदिएर तटस्थ बस्ने निर्णय गरेको हो । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको र उपराष्ट्रपति निर्वाचन पनि तटस्थ बस्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने सरकारी निर्णयको विरोध समेत गरेको छ ।
रासायनिक मल सम्बन्धमा पार्टीका ७७ वटै जिल्ला समितिले एक हप्ता भित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।










