काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको सात बुँदे निर्णय सार्वजनिक गरेको छ । आज काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले फागुन २६ र २७ गते भक्तपुृरको बोडें सम्पन्न संगठनको प्रथम अधिवेशनबारे जानकारी दिदैं सात बुँदे निर्णय सार्वजनिक गरेको हो ।
संगठनले अधिवेशनमार्फत चयन गरेको कार्य समिति र आयोगहरुमा पदाधिकारी लगायत संगठनका आगामी दृष्टीकोण र निर्णयहरुमा सुशासन र कर्मचारीहरुको आचरणमा जोड दिइएको छ ।
आफ्नो संगठनले ज्यालादारी, करार, निजामती कर्मचारीहरुको हकहितमा काम गर्ने संगठनका अध्यक्ष गगनसिंह विष्टले बताए ।
आफ्नो संगठनले सरकारी कर्मचारीभित्रका विकृती, विसंगती न्युनिकरण गर्दै उनिहरुको हकहितका लागि आवाज उठाउने संगठनका महासचिव प्रकाश राईले बताए।
उनले संघीयता कार्यान्वयनको अनिवार्य औजार संघीय निजामती सेवा ऐन भएकाले त्यसलाई अविलम्व जारी गर्न माग समेत गरे।
संगठनले जारि गरकोे विज्ञप्ति पढ्नुहोस