
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । एमाले लगायतका तात्कालिन दलहरुले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा फेरि विश्वसको मत लिन लागेका हुन् ।
नयां बनेको सत्ता गठबन्धनका शीर्ष नेताहरुसंग छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ।
विश्वासको मत लिनेबारे प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गरेका थिए ।
चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएकोछ ।
भिडियो पनि हेर्नुहोस








