उपराष्ट्रपति निर्वाचनको तयारी पूरा, मतदान बिहान १० बजेदेखि


काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन आयोगले जानाएअनुसार भोली बिहान दश बजेदेखि नयाँ बानेश्वरस्थित संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालले चुनावका लागि मतदान केन्द्र निर्माण, मतपत्रको तयारी लगायत सम्पूर्ण तयारी पूरा भएको बताए ।

मतदानका लागि संसद भवनको ल्होत्से हलमा २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । कार्यालयका प्रमुख शर्माका अनुसार मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गरिने र ४ बजेदेखि मतगणना सूर भई साँझ ७ बजेसम्म मतपरिणाम आइसक्नेछ ।
निर्वाचनमा सत्ता गठबन्धनबाट ससपाका रामसहायप्रसाद यादव, जनमत पार्टीबाट ममता झा, एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन् । जसपाबाटै प्रमिला कुमारी यादवको पनि उम्मेदवारी दर्ता गरएकी थिइन तर पछि उनले विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएकी थिइन् । निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभा तर्फका ५५० सांसद मतदाताका हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार