काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीले राष्ट्रको इज्जत र गौरव बढाएको बताएका छन् । आईसीसी लिग–२ मा युएइलाई हराएर वल्र्डकप छनौटमा परेकोमा नेपाली क्रिकेट टोलीलाई आज शीतलनिवास बोलाएर राष्ट्रपति पौडेलले बधाइ दिँदै जितले राष्ट्रको इज्जत र गौरव बढाएको बताएका हुन् । उनले खेलकुद क्षेत्रलाई राज्यले उपेक्षा गर्न नहुने समेत बताए ।
‘मैले हिजो इन्ट्रेस दिएर हेरेँ, असाध्यै राम्रो खेल थियो । दर्शकहरु पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन’,राष्ट्रपति पौडेलले भने।
उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउदै खेलाडीहरुको मनोबल बढाउन समेत सरकारले ध्यान दिनुपर्नेमा बताए ।
भिडियो पनि हेरौं