प्रधानमन्त्रीलाई काँग्रेस, नेकपा एस र रास्वपाद्धारा विश्वासको मत दिने निर्णय

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वासको मत दिने निर्णय गरेका छन् । यि तीनै दलहरुको आज बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका हुन् ।

काँग्रेसको आज बिहान संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको काँग्रेस प्रमुख सचेतक रमेस लेखकले बताए। उनले प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने बताए ।

त्यस्तै आज बिहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए। त्यस्तै आजै बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको पार्टी सचेतक सन्तोष परियारले बताए ।

एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोली संसदमा विश्वासको मत लिँदैछन् ।
विश्वास मत लिइसकेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नेछन् । प्रचण्डलाई विश्वासको मत दिएका दलहरुले सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार