चितवनको क्रिकेट स्टेडियम सरकारले तत्काल बनाउनु पर्छ– सांसद पन्त


काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले चिवनमा क्रिकेट स्डेडियम बनाउन सरकारलाई आग्रह गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले चिवनमा अलपत्र परेको क्रिकेट स्डेडियम तत्काल बनाउन सरकारलाई आग्रह गरेका हुन् । चितवनमा कलाकार धुमुस सुन्तलीले बनाउन थालेर पूरा गर्न नसकेको क्रिकेट स्टेडियम सरकाले जिम्म लिएर अघि बढाउनु पर्नेमा उनले जोड दिए।

‘सरकारले विजेता टोलीलाई एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन,’ उनले भने, ‘त्यो चिवतनको स्टेडियम त्यत्तिकै थन्किएर बसेको छ वेवारिसे भएर, त्यसलाई सरकारले तुरुन्त लिनु प¥यो र निर्माण सम्पन्न गर्नु पर्‍यो, सा.सद पन्तले भने ।

पन्तले त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको क्रिकेट स्टेडियमलाई विस्तार गर्न र मुलपानीको क्रिकेट स्टेडियम बनाउन पनि सरकारसंग माग गरे । देशमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान नहुँदा अन्तराष्ट्रियस्तरको प्रतियोगिता गर्न समस्या हुने गरेको छ । हालै कृतिपुरमा सम्पन्न आईसीसी विश्वकप लिग–२ प्रतियोगिता हुँदा दर्शकहरुले रुखमा चढेर खेल हेरेका तस्बिरहरु निकै भाइरल भएका छन् ।

उक्त प्रतियोगितामा नेपालले राम्रो पर्दशन गरेर एकदिवसीय विश्वकप छनोटमा पर्न सफल पनि भएको छ । उक्त प्रतियोगिता हुँदा रुखमा चढेर दर्शकहरुले खेल हेरेका तस्बिरहरु भाइरल भएपछि जनस्तरबाट देशमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्णय गर्न चौतर्फी आवाज उठिरहेको छ । यसमा आफु सकारात्मक रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार