प्रधानमन्त्री प्रचण्डद्धारा किसानको आवाज संवोधनः रासायनिक मलमा अनुदान कटौतीको निर्णय खारेज


काठमाडौं । किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णय खारेज भएको छ । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले मलमा अनुदान कटौती गर्ने निर्णय गरेको थियो । जसको किसानले विरोध गरेका थिए । किसानले आफुहरुलाई रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगर्न आग्रह गरेपछि प्रधानमन्त्री प्रचण्डले अनुदान कटौतीको निर्णय खारेज गरेका हुन् ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार